काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
जगदीश्वर पाण्डे।
अ+
अ-

काठमाडौँ। पत्रकार जगदीश्वर पाण्डे परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा नियुक्त भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार २ वैशाख २०८३ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्री खनालले नुवाकोटको तादी गाउँपालिका ४ का पाण्डेलाई नेपाल सरकार विशिष्ट श्रेणीसरहको प्रेस सल्लाहकार पदमा नियुक्त गरेका हुन्।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार पाण्डेको नियुक्ति १ साउन २०८३ देखि लागु भएको छ। पाण्डेसँग नेपालका राष्ट्रिय सञ्चारमाध्यमहरूमा काम गरेको अनुभव छ।