काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ दाहाल।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भए मात्रै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।

काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भए वा आफ्नो उपस्थितिबिना सरकार नबन्ने परिस्थिति भए मात्र सहभागी हुने नीति रहेको बताए।

उनले हालको गठबन्धन बन्नु वा भत्किनुमा आफ्नो पार्टीको कुनै भूमिका नरहेको र दुई दलको आन्तरिक कारणले भइरहेको उल्लेख गरे। नेपाली कांग्रेस र नेकपा एमाले मिलेरै बाँकी कार्यकाल प्रदेश सरकार सञ्चालन गरोस् भन्ने नेकपाको मान्यता रहेको पनि उनको भनाइ छ।

उनले नयाँ सहकार्यको स्थिति बने कांग्रेस र एमालेमध्ये एमाले नै पहिलो प्राथमिकता रहने पनि स्पष्ट पारे।

नेकपा एमालेका नेता शेरबहादुर तामाङ।

कार्यक्रममा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा देखिएका हालका समस्या कांग्रेसभित्रको आन्तरिक विवाद र किचलोका कारण सिर्जना भएको आरोप लगाए।

अहिलेको मुख्य प्राथमिकता वर्तमान सरकारलाई नै जोगाउनु र निरन्तरता दिनु रहेको भन्दै उनले प्रदेशको सरकार जोगिन नसके एमाले निरन्तर सरकारमा नरहने स्पष्ट पारे। उनले प्रदेश सरकारमा देखिएको समस्या सहमतिबाट चाँडै समाधान हुने अपेक्षा पनि गरे।