काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो।

उनका छोरा सुलभ अग्रवाल र दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा काठमाडौँ महानगरपालिका ४ का अग्रवाल फैसला मितिदेखि नै फरार थिए।

ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार उनलाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको छ।