काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

दाङ। तुलसीपुर उपमहानगरपालिका ६‚ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीमा मृत्यु भएका दुवैजनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा सल्यान माल्टा घर भई तुलसीपुर उपमहानगरपालिका ९‚ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

उनका अनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री हुन्। दुवैले ठेक्कामा काम गर्ने हुँदा पानीट्यांकी सफा गर्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीयले उनीहरूलाई पानीट्यांकीमा मृतक अवस्थामा देखेपछि आज (बुधबार) बिहान प्रहरीलाई खबर गरेका थिए। उनीहरूले गएराति प्रयोग गरेको मोटरसाइकल पनि घटनास्थलनजिक फेला परेको थियो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।