हेटौँडा । हिजो साँझ मकवानपुरको हेटौँडा–११, झमसिङटार नजिकै अनियन्त्रित भएर पल्टिएको ट्र्याक्टरका चालकको मृत्यु भएको छ ।
हेटौँडा बजारबाट झमसिङटार जाँदै गरेको म.प्र.०३–००२ त. ०३९७ नम्बरको बालुवा लोड ट्र्याक्टर उकालो कच्ची बाटोमा चिप्लिएर अनियन्त्रित भइ पल्टिएको थियो ।
चालक सल्यान, कपुरकोट–३ का २२ वर्षीय बिक्रम खड्का गम्भीर घाइते भइ हेटौँडा अस्पतालमा उपचार गर्नेक्रममा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।