काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
गोपालमान श्रेष्ठ। फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई पार्टीको ‘वरिष्ठ नेता’ बनाउने भएको छ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा बिहीबार आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरे। यो निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने पनि सभापति थापाले बताए। कार्यक्रममा सम्बोधनका क्रममा सभापति थापाले भने‚ “गोपालमान श्रेष्ठको स्वास्थ्य नाजुक छ। साउन १२ र १३ गते केन्द्रीय समिति बैठक बस्छ। त्यो बैठकले अनुमोदन गर्ने गरी उहाँलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गर्दछु।”

क्यान्सर रोगबाट पीडित श्रेष्ठ अहिले पनि उपचारकै क्रममा छन्। पूर्वसभापति शेरबहादुर देउवानिकट रहेर लामो समय काम गरेका उनी विशेष महाधिवेशनको पक्षमा खुलेका थिए।

यसअघि श्रेष्ठ कांग्रेसको कार्यवाहक सभापति, उपसभापतिलगायत भूमिकामा थिए।

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्नेछ : सभापति थापा