काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
फोटो पत्रकार नरेश श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै नेकपाका सह-संयोजक माधवकुमार नेपाल। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। राजनीतिज्ञ एवं साहित्यकार प्रदीप नेपालको स्मृतिमा स्थापना गरिएको ‘प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल गुरागाईंलाई प्रदान गरिएको छ।

समाजवादी प्रेस संगठन नेपालद्वारा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले गुरागाईंलाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ। यसको राशि २५ हजार रुपैयाँ छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सह-संयोजक नेपालले नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएअनुसारको पूर्ण प्रेस स्वतन्त्रतालाई व्यवहारमा उतार्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे। उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राजनीतिक उपलब्धिको रक्षार्थ परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।

समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले नेपाली पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरूलाई पुरस्कृत गर्न पाउँदा गौरवान्वित भएको बताए।