काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ।

महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको जानकारी दिए।

उनका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा बढी वर्षा जाजरकोटमा पाँच दशमलव ६ मिलिमिटर मापन भएको छ। यस अवधिमा काठमाडौँ, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको छ।