काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
वर्षभरिमा भएका प्रमुख घटना, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा नेपाल प्रहरीले हासिल गरेका उपलब्धिबारे जानकारी दिन आयोजित वार्षिक पत्रकार सम्मेलन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। गत वर्षको तुलनामा काठमाडौँमा अपराधका मुद्दा दर्ता घटेको प्रहरीको तथ्यांकले देखाएको छ।

वर्षभरिमा भएका प्रमुख घटना, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा नेपाल प्रहरीले हासिल गरेका उपलब्धिबारे जानकारी दिन आयोजित वार्षिक पत्रकार सम्मेलनमा नेपाल प्रहरीले चालु आवमा अघिल्लो वर्षको तुलनामा मुद्दा दर्ता घटेको जनाएको हो।

नेपाल प्रहरीका अनुसार आव २०८२/८३ मा ११ हजार ७८ वटा मुद्दा दर्ता भएका छन्। आव २०८१/८२ मा १२ हजार ८७२ वटा मुद्दा दर्ता भएका थिए।

त्यस्तै काठमाडौँ जिल्लामा चैत महिनासम्म एक हजार १६६ वटा अपराधका मुद्दा दर्ता भएका छन्। प्रहरीको तथ्यांकअनुसार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म अपराधका घटना सबैभन्दा बढी हुने गरेका छन्। उक्त अवधिमा पाँच हजार ७५० वटा घटना दर्ता भएका छन्।