काठमाडौँ। नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख-उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन्।
इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर शुक्रबार पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए।
नेताहरूलाई भेट्न काठमाडौँको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमि नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयरलगायतको टोली चुनदेवी पुगेको थियो।
गगनकुमार थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि कांग्रेसमा विवाद छ।