काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

काठमाडौँ। हिरोद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो।

भिडा भीएक्स २ सिरिज तथा युवापुस्ता लक्षित भिडा डर्ट ईके३ विद्युतीय अफरोड मोटरसाइकल अब नेपाली बजारमा लन्च गरेको छ। दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा भीएक्स २ ले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरको रहेको कम्पनीको दाबी छ।

त्यस्तै भिडा डर्ट ईके३ ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ-रोड राइडिङ अनुभव प्रदान गर्नेछ।

नेपालमा भिडाका उत्पादन सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन्। चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो।

भिडा सार्वजनिक कार्यक्रममा हिरो मोटोकर्पअन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी चिफ बिजनेस अफिसर कौशल्या नन्दकुमारले भनिन्‚ “भिडा को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो। नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण बजार हो। जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्याउन पाउँदा हामी उत्साहित छौँ।”

त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएको बताए। “नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ। भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौँ। दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकताअनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन्।”

भिडा भीएक्स २‚ नेपाली सडकका लागि उपयुक्त दुई विकल्प
भिडा भीएक्स २ दुई फरक भेरियन्ट-भीएक्स २ प्लस र भीएक्स २ गो मा उपलब्ध हुनेछ। भीएक्स २ प्लस नेपालका उकालो तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको हो। यसमा ४.४ किलोवाट (दुईवटा २.२ किलोवाट निकाल्न मिल्ने)ब्याट्री क्षमता छ।

यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्छ। यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति केवल ३.१ सेकेन्डमा लिन सक्छ। साथै डीसी फास्ट चार्जिङमार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

त्यस्तै भीएक्स २ गो मा २.२ किलोवाट निकाल्न मिल्ने ब्याट्री रहेको छ। जसले करिब ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा छ। ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.२ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा पनि ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ।

दुवै मोडलमा घरमै साधारण ५ एम्पियरको सकेट प्रयोग गरी निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने सुविधा छ। साथै माई भिडा एप, नेभिगेसन, कल तथा एसएमएस सूचना, र ओभर द एयर (ओटीए) अपडेटजस्ता स्मार्ट कनेक्टेड सुविधा पनि उपलब्ध छन्।

भिडा DIRT.E K3 : युवापुस्ताका लागि स्मार्ट विद्युतीय अफरोड बाइक
भिडा DIRT.E K3 विशेषगरी किशोर तथा युवा राइडरहरूलाई लक्षित गरी उत्पादन गरिएको विद्युतीय अफ–रोड बाइक हो। यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने Adaptive System रहेको छ, जसले लामो समयसम्म आरामदायी र सुरक्षित राइडिङ सुनिश्चित गर्छ।

यसमा App-based Parental Control सुविधा उपलब्ध भएकाले अभिभावकहरूले बाइकको गति नियन्त्रण गर्न, अधिकतम स्पिड निर्धारण गर्न तथा तीन फरक स्पिड मोडमध्ये आवश्यक मोड चयन गर्न सक्नेछन्। यी मोडहरूमा Mode 1 (८–९ किमि/घण्टा), Mode 2 (१७–१८ किमि/घण्टा) तथा Mode 3 (२३–२४ किमि/घण्टा) समावेश छन्।

३५० वाट मोटर तथा ३६० kWh निकाल्न मिल्ने ब्याट्रीले सुसज्जित यस बाइकले सडक अवस्था र प्रयोग मोडअनुसार ३ घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्छ। यसको ब्याट्री २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २ घण्टा लाग्छ।
उत्कृष्ट डिजाइन र नवीन प्रविधिका लागि भिडा DIRT.E K3 ले प्रतिष्ठित Red Dot Design Award 2025 तथा CES Innovation Award 2026 समेत प्राप्त गरिसकेको छ।

नेपालमा हिरो मोटोकर्पको नयाँ अध्याय
सन् २०१४ देखि नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर सुदृढ बनाउँदै आएको Hero MotoCorp ले एक दशकभन्दा बढी समयदेखि नेपाली ग्राहकको विश्वास जित्दै आएको छ। भिडा विद्युतीय उत्पादनहरूको नेपाल प्रवेशसँगै कम्पनीले स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ। उल्लेखित रेन्ज, गति तथा चार्जिङ समय कम्पनीको आन्तरिक परीक्षणका आधारमा मापन गरिएको हो। वास्तविक प्रयोग, सडक अवस्था, मौसम तथा अन्य कारकका आधारमा यसमा फरक पर्न सक्ने कम्पनीले जनाएको छ।