काठमाडौं। जिल्ला प्रहरी कार्यालय लमजुङले सालिक तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा एकजनालाई पक्राउ गरेको हो।
उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो।
निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।