काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

फोटो फिचर

११ श्रावण २०८३
बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघले सोमबार गरेको प्रदर्शन। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाऊ अभियाले सोमबार प्रदर्शन गर्‍यो।

भाडा बक्यौताको विषयलाई लिएर तीन महिनादेखि बन्द पुस्तकालय प्रांगणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे।

उनीहरूले ‘देश बनाउने टोली- ज्ञानमा ताल्चा हानेर देश बन्छ त ?’, ‘लाइब्रेरी पुनः खोल, ज्ञानमा लगानी बढाऊ’, ‘जेलमा पनि पुस्तकालय हुन्छ’, ‘शिक्षा पहिला’, ‘सार्वजनिक पुस्तकालय बचाऔँ’लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए।

सहभागीले सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध पनि गरे।

भाडा बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले गत वर्ष ३० चैतमा पुस्तकालयमा तालाबन्दी गरेको थियो।

हेर्नुहोस् थप तस्बिर :

सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध गर्दै प्रदर्शनकारी।