काठमाडौँ। संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।
आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ।
संवैधानिक परिषद्को असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो। यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो।