काठमाडौँ। सुनसरीको दुहबीमा सद्भाव र्याली आयोजना गरिएको छ। सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै सुनसरीका विभिन्न सामाजिक संघसंस्थाले मंगलबार बिहान सद्भाव र्याली निकालेका हुन्।
१० साउनको राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच झडप भएको थियो। त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा केही व्यक्ति घाइते छन्।घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्यसयता सुनसरीका केही भागमा नियमित प्रदर्शन भइरहेका छन्।
यही घटनाकाबीच दहबीमा शान्ति कायम राख्न अपिल गर्दै र्याली निकालिएको आयोजकले संघसंस्थाले जनाएको छ।