मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न निर्देशन नदिएको स्पष्ट पार्दै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार केही स्थानमा सेवा सञ्चालन भइरहेको छ भने बिरामीलाई असर पर्ने गरी स्वास्थ्य सेवा रोक्न नहुने मन्त्रालयको धारणा छ ।
मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै अस्पताल तथा अन्य स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ । चिकित्सकहरूको माग र आन्दोलनलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वयमा छन् ।
मन्त्रालयले चिकित्सकमाथि भएको दुर्व्यवहारको समाधान खोज्दै बिरामीको उपचार सेवामा असर नपर्ने गरी आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ ।