काठमाडौं। जेन-जी आन्दोलनको क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण क्रार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले ७२ जनाको निधन भएको जानकारी दिएका हुन्।
उनले अहिले विभिन्न अस्पतालमा १ सय ९१ घाइतेको उपचार भइरहेको बताएका छन्। २३ भदौ आन्दोलनको क्रममा र २४ भदौमा आगाजनी तथा हिंसात्मक घटनामा उनीहरूको मृत्यु भएको हो।