काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकाेमा हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकाेमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन्।