सेयर बजार
११.३७ अंकले घटेको नेप्से २७५५.४१ अंकमा रोकियो
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेप्से दोहोरो अंकले घटेको छ। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुक्रबार ११.३७ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४१ प्रतिशतले घटेको नेप्से २७५५.४१ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले घटेर ४७१.९९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३७ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.३७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ प्रतिशतले घटेको छ।
सेयरबजारमा शुक्रबार ३५१ कम्पनीको ५५ हजार ४६७ पटकको कारोबारमा एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भयो। यो अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
नेप्सेमा बिहीबार चार अर्ब ७० करोड ३३ लाख २६ हजार ९४५ रुपैयाँको कारोबार भएको थियो। बुधबार पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको कारोबार भएको थियो। मंगलबार पाँच अर्ब २६ करोड ५३ लाख ७५ हजार २९९ रुपैयाँको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ७४ कम्पनीका सेयरमूल्य मात्र बढे। १८४ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (शुक्रबार) १३ समूहको कारोबार भएकामा चार समूहको मात्र सूचक बढे भने बाँकी नौ समूहका सूचक ओरालो लागे।
जसअनुसार शुक्रबार वाणिज्य बैंक ०.४४ र विकास बैंक समूहको सूचक ०.१६ प्रतिशतले घटे। फाइनान्स २.७७ र होटेल तथा पर्यटन समूहको सूचक ०.०५ प्रतिशतले बढ्यो।
यसैगरी जलविद्युत् ०.७४‚ लगानी ०.३७‚ जीवन बिमा ०.४४‚ उत्पादन तथा प्रशोधन ०.७८ र लघुवित्त समूहको सूचक ०.१६ प्रतिशतले ओरालो लागे। म्युचुअल फन्ड ०.२७ र निर्जीवन बिमा समूहको सूचक ०.०६ प्रतिशतले बढ्यो। यस्तै अन्य ०.७४ र व्यापार समूहको उपसूचक ०.२३ प्रतिशले घट्यो।

नेप्सेमा शुक्रबार कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गर्दा होटेल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ४.२२ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। शुक्रबार यसको ५५ करोड ७९ लाख ६ हजार ४२७ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि आँखुखोला नै अगाडि रह्यो। शुक्रबार यसको १३ लाख ५० हजार ६६० कित्ता सेयर कारोबार भयो। बिहीबार यसको सात लाख ४७ हजार ७०० कित्ता सेयर कारोबार भएको थियो। यस्तै बुधबार नौ लाख ८८ हजार १७७ कित्ता कारोबार हुँदा मंगलबार १० लाख ८१ हजार ३१३ कित्ता सेयर कारोबार भएको थियो। यसैगरी सोमबार नौ लाख ९७ हजार ५३१ कित्ता सेयर किनबेच भएको थियो। यसको आँखुखोलाको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४१३ रुपैयाँ कायम रह्यो।