सेयरबजार
सेयरबजारमा सोमबार ३५६ कम्पनीको ५६ हजार ८४५ पटकको कारोबारमा ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले घटेको छ। घटेर साताको सुरुआत गरेको नेप्सेको कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २०.२७ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.७३ प्रतिशतले घटेको नेप्से २७३५.१४ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि २.६२ अंकले घटेर ४६९.३७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५५ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.६६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ प्रतिशतले घटेको छ।
सेयरबजारमा सोमबार ३५६ कम्पनीको ५६ हजार ८४५ पटकको कारोबारमा ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार चार अर्ब आठ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको कारोबार भयो। यो अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
सेयर बजारमा आज ४३ कम्पनीका सेयरमूल्य मात्र बढे। ३२१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा फाइनान्स समूहको मात्र सूचक बढ्यो भने बाँकी १२ समूहका सूचक राताम्मे बने।

जसअनुसार सोमबार वाणिज्य बैंक ०.४५ र विकास बैंक समूहको सूचक १.०३ प्रतिशतले घटे। फाइनान्स समूहको सूचक भने ०.२६ प्रतिशतले बढ्यो।
यसैगरी होटेल तथा पर्यटन समूहको सूचक ०.७१‚ जलविद्युत् ०.९५‚ लगानी ०.३८‚ जीवन बिमा ०.५४‚ उत्पादन तथा प्रशोधन ०.४४‚ लघुवित्त ०.५२‚ म्युचुअल फन्ड ०.५९‚ निर्जीवन बिमा ०.८३‚ अन्य १.५० र व्यापार समूहको उपसूचक १.७७ प्रतिशले घट्यो।
नेप्सेमा सोमबार कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.१४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको २० करोड ४६ लाख २९ हजार ९७ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। सोमबार यसको तीन लाख ४१ हजार ६७८ कित्ता सेयर कारोबार भयो। आँखुखोलाको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४०४ रुपैयाँ कायम रह्यो।