काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नक्कली (फर्जी) कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध आयोगले आज (सोमबार) मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुबिना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ।

आयोगले वीरगन्ज ३ का तत्कालीन वडासचिव भिखारी राय, वडासदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ।

गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० की रीता भट्टराईविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।