सेयरबजार
नेप्सेमा मंगलबार सोपान फर्म्यास्युटिकल्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: एकल अंकमा घटेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ६.३१ अंकले घटेको छ। सोमबार भने १२.२६ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२३ प्रतिशतले घटेको नेप्से २७०५.४५ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.४८ अंकले घटेर ४६४.६४ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३१ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.२८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ प्रतिशतले घटेको छ।
सेयरबजारमा मंगलबार ३५५ कम्पनीको ४८ हजार ११६ पटकको कारोबारमा एक करोड सात लाख आठ हजार ५९६ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भयो। सोमबार भने चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ८० कम्पनीका मात्र सेयरमूल्य बढे। १७७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १५ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड र व्यापार समूहको सूचक मात्र बढे भने बाँकी ११ समूहका सूचक घटे।
जसअनुसार मंगलबार वाणिज्य बैंक ०.३२‚ विकास बैंक ०.४२‚ फाइनान्स ०.६२‚ होटेल तथा पर्यटन ०.१६‚ जलविद्युत् ०.२८‚ लगानी ०.२७‚ जीवन बिमा ०.२०‚ उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त समूहको सूचक ०.११ प्रतिशतले घटे। म्युचुअल फन्ड समूहको सूचक ०.०५ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा ०.४० र अन्य समूहको सूचक ०.०६ प्रतिशतले घट्यो। यसैगरी व्यापार समूहको उपसूचक भने ०.३१ प्रतिशले बढ्यो।

नेप्सेमा मंगलबार पनि सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् सोपानको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। सोमबार सोपानका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरेका थिए। यस्तै सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.९० प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। मंगलबार यसको ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको कारोबार भयो। सोमबार यसको ३८ करोड ८५ लाख ६ हजार ४७३ रुपैयाँको कारोबार भएको थियो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी धनवृद्धि योजना (म्युचुअल फन्ड) अगाडि रह्यो। मंगलबार यसको १० लाख ६३ हजार ८५० युनिट सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतियुनिट ११.२५ रुपैयाँ कायम रह्यो।