हङकङ। हङकङमा रहेका धरानेहरूको संस्था धरान-हङकङ मञ्चको अध्यक्षमा संजोक राई चयन भएका छन्।
मञ्चको १२औँ अधिवेशनले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
आइतबार साँझ जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको हलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रविन तामाङ, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु चयन भए।
सदस्यमा रोशन लिम्बू, किशोर लिम्बू, विजयप्रसाद राई, जोना गुरुङ, राजकुमार राई, आविष्कार लिम्बू, खगेन्द्र लिम्बू कैलाश र उदय लिम्बू चयन भए। धरान हङकङ मञ्चका संस्थापक इन्द्र वनेम संयोजक र मञ्चका पूर्वअध्यक्ष विष्णु पाख्रिन र नानिचन्द्र लिम्बू सदस्य रहेको निर्वाचन कमिटिले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको थियो।
सन १९९९ मा स्थापना भएको मञ्चकै अगुवाइमा धरानमा घण्टाघर निर्माण भएको थियो। धरानमा भइरहको पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र समाजिक कार्यमा मञ्चले सहयोग गर्दै आएको छ।