काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२१ असार २०८३
अ+
अ-

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।