काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ आश्विन २०८२
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका बाबुराम भट्टराई। तस्बिर : नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। सो पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष भट्टराईले बुधबार पद त्याग गर्ने घोषणा गरेका हुन्।

उनले नयाँ विशेष परिस्थितिमा नयाँ नेतृत्व र नीतिका लागि पद त्याग गरेको बताएका छन्। भट्टराईले अध्यक्ष छाडेपछि केन्द्रीय समितिले दुर्गा सोबको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति घोषणा गरेको छ। “जेन-जी आन्दोलनपछि उत्पन्न भएको नयाँ परिस्थितिअनुसार नीति तथा नेतृत्वका लागि आफूले अध्यक्ष स्वेच्छिक रूपमा त्याग गरेको बताउनुभएको छ,” भट्टराईको सचिवलायले भनेको छ, “उहाँ वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकरण गर्ने काममा लाग्नु हुनेछ।”

समिति ९९ सदस्यीय छ। समितिले ६ महिनाभित्र विशेष महाधिवेशन गरेर नयाँ परिस्थितिका लागि नयाँ नीति र नेतृत्व तय गर्ने छ। भट्टराईले पनि वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकरणमा लाग्ने बैठकमा जानकारी गराएका छन्।