काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

जनकपुरधाम। आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा चालु र पुंजीगत गरी ५६.३१ प्रतिशत बजेट खर्च भएको छ।

जस मध्ये चालुतर्फ ६०.६९% र पुँजीगत तर्फ ५४.१२% बजेट खर्च भएको छ। त्यसैगरी प्रदेश सभातर्फ ६८.६० खर्च भएको छ भने चालुतर्फ ६८.४२ र पुँजीगत तर्फ ३७.३९ खर्च भएको छ।

त्यसैगरी लोकसेवा आयोगतर्फ ६५.६०% खर्च भएको छ भने पुँजीगत तर्फ ३७.३९% स्यालु तर्फ ६८ दशमलव ४२% बजेट खर्च भएको छ। प्रदेश कोष तथा लेखा नियन्त्रणक कार्यालयले दिएको जानकारी अनुसार खर्च भएको हो।चालु आव २०८२।८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएकोमा २६ अर्ब ४५ करोड ६७ लाख ४७ हजार ९ रुपैयाँ खर्च भएको छ।

चालु तर्फको अन्तिम बजेट १५ अर्ब ६३ करोड ८२ लाख २१ हजार ८२० रहेकोमा ९ अर्ब ४९ करोड १५ लाख ९८ हजार ९ सय रुपैयाँ खर्च भएको हो। यस्तै पुँजीगत तर्फ ३१ अर्ब ३४ करोड ५१ लाख २९ हजार १८० बजेट रहेकोमाा १६ अर्ब ९६ करोड ५१ लाख ४८ हजार १०९ रुपैयाँ खर्च भएको हो।

मन्त्रालयगत अनुसार सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७१.४५ प्रतिशत खर्च गरेकाे छ भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले ३६.०६ प्रतिशत बजेट खर्च गरेको छ।

स्वास्थ्य मन्त्रालयका लागि ६ अर्ब ९ कराेड ९५ लाख ७० हजार ४४२ रूपैया अन्तिम बजेट विनियाेजन भएकाेमा ४ अर्ब ३५ कराेड ८० लाख २३ हजार ९५५ रूपैया खर्च भएकाे हाे।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अन्य मन्त्रालयहरूतर्फ उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ५१ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५८.६७ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६३.७६ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४७.८७ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले ४८.९२ प्रतिशत, अर्थमन्त्रालयले ६५.६८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ४९.९१ प्रतिशत खर्च गरेकाे हाे।

यस्तै उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले ४०.६५ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयले ६७.८८ प्रतिशत खर्च गरेकाे हाे।