काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले बढेर २ लाख ८८ हजार कायम गरिएको छ।शुक्रबार सुनको मूल्य प्रतितोलामा २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४७५ निर्धारण गरिएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।