काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा चार सय रूपैयाँले बढेर दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ९० रूपैयाँले घटेर चार हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।