गोरखा। मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर हराएका छन्।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा हराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।