काठमाडौँ। सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौँ कोरा च्यालेन्ज २०२६ शनिबार भएको छ।
पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब चार हजार साइकलयात्री सहभागी भएका थिए।
सहभागीहरूले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गर्दै नगबहालमा यात्रा सम्पन्न गरेका हुन्। शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धनलाई अभियानको मुख्य उद्देश्य बनाइएको आयोजकले जनाएको छ।
समापन समारोहमा सहभागीलाई पदक वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम र बालबालिकाका लागि ‘किड्स कोरा’ समेत आयोजना गरिएको थियो।
थप तस्बिर :