वासिङ्टन। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थलहरूलाई लक्षित गरी इरान विरुद्ध लगातार सातौं रात सम्म हवाई आक्रमण गरेको दाबी गरेको छ।
सेनटमले जारी गरेको विज्ञप्तिमा पछिल्लो आक्रमणले सैन्य पूर्वाधार, निगरानी स्थल, भूमिगत हतियार भण्डारण सुविधा र समुद्री क्षमताहरूलाई लक्षित गरेको उल्लेख गरिएको छ। अपरेसनमा लडाकु विमान, ड्रोन, युद्धपोत र अन्य सैन्य सम्पत्तिहरू समावेश भएको बताइएको छ।
कमान्डले ५० हजार भन्दा बढी अमेरिकी सैन्य जनशक्ती मध्य पूर्वमा तैनाथ रहेको र , घातक आक्रमणको तयारी भई रहेको बताएको छ।
सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) को दाबीलाई पनि अस्वीकार गरेको छ भने होर्मुजको जलमार्गमा दुई तेल ट्याङ्करहरूमा इरानले कथित रूपमा राखेका खानीहरूमा प्रहार गरेपछि विस्फोट भएको थियो।
यसअघि, रातारात आक्रमणको पछिल्लो लहर सुरु गर्ने घोषणा गदै सेन्टकमले अपरेसनको उद्देश्य इरानको सैन्य क्षमतालाई कमजोर पार्नु रहेका बाताएको थियो।