काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

३ श्रावण २०८३
*
अ+
अ-

गण्डकी। पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ। आर्थिक वर्ष २०८१–८२ मा १९ वटा वडाका ५५० गोरुका लागि १० हजारका दरले ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो।

किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ। महानगरले सबैभन्दा बढी वडा नम्बर २१ का ८४, वडा नम्बर १६ का ८४, वडा नम्बर २४ का ६२, वडा नम्बर २३ का ५१, वडा नम्बर २० का ४८, वडा नम्बर २२ का २८, वडा नम्बर १८ का ३१, वडा नम्बर २८ का ३२, वडा नम्बर ३१ का ३८, वडा नम्बर ३३ का २९, वडा नम्बर १३ का १२, वडा नम्बर १९ का आठ, वडा नम्बर २७ का छ, वडा नम्बर २६ का पाँच, वडा नम्बर २५ का तीन, वडा नम्बर ३२ का ११ र वडा नम्बर ६ मा दुई–दुई र वडा नम्बर १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो।