काठमाडौँ। नेपाल दशौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
२७ स्वर्ण, १४ रजत र ११ कास्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा भारत १७ स्वर्ण, १६ रजत र १७ कास्यसाथ दोस्रो तथा बांग्लादेश १२ स्वर्ण, १५ रजत र ३४ कास्यसाथ तेस्रो बने। श्रीलंका र पाकिस्तानले क्रमशः पाँच र दुई स्वर्ण हात पारे।