काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
अ+
अ-

जनकपुरधाम। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरमा विरोध भएको छ।

जनकपुरमा एउटा कार्यक्रममा सहभागी हुन आउन लागेका साम्पाङको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेपछि हिन्दुवादी कार्यकर्ताहरुले विरोध गरेका हुन्।

उनीहरूले कुनै पनि हालतमा साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिने भन्दै विरोध गरिरहेका छन्। साम्पाङले विभिन्न किसिमका हिन्दू विरोधी अभिव्यक्ति दिँदै आएको हिन्दूवादी कार्यकर्ताहरूको आरोप छ।

हिन्दुवादी कार्यकर्ताहरूले विरोध सुरु गरेपछि जानकी मन्दिरको सुरक्षा व्यवस्था कडा पारिएको छ। जानकी मन्दिर परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

हिन्दुवादी कार्यकर्ता लक्ष्मी साह सनातनीले साम्पाङले विगतमा गाई मार्नुपर्छ जस्ता अभिव्यक्ति दिएको र क्रिश्चियन धर्मलाई प्रशय दिएको कारण उनलाई मन्दिर प्रवेशमा रोक लगाइएको जानकारी दिईन्।