पर्सा। वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
माग पूरा नभएपछि चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन्। उनीहरुले चिकित्सकमाथि भएको कुटपिटलाई लिएर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन्।
७० जना चिकित्सक रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्।
चिकित्सक आन्दोलनका बीच मन्त्रालयको आग्रह : अस्पताल र ओपीडी सेवा बन्द नगर्नू
९ साउनमा अस्पतालमा कार्यरत डा. प्रमोद रामलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। टाउकोमा गहिरो चोट लागेका डा. रामको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
आकस्मिक कक्षमा उपचारका क्रममा वीरगन्ज २५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका थिए। पटेलको मृत्युसँगै उनका आफन्तजनहरूले हातपात र तोडफोड गरेका थिए।
चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द (तस्बिरहरु)