काठमाडौं। नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ।
नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुई पटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।
आजको खेल नेपाली समयअनुसार राति ८ः१५ बजे शुरू हुनेछ । नेपालले दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।