११ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।

शनिबार भक्तपुरको गुन्डुमा आयोजित राष्ट्रिय युवा संघ नेपालको खुला भेटघाट कार्यक्रममा उनी सहभागी भएका हुन्।

कार्यक्रममा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, नेता राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

अध्यक्ष ओलीले कार्यक्रममा सम्बोधन गर्दै समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए।