काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। फितलो ब्याटिङसँगै नेपालले अन्तिम टी-२० आई खेलमा वेस्ट इन्डिजसामु १२३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

सारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको हो।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। २९ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे।

कप्तान रोहितकुमार पौडेल १७, सन्दीप जोरा १४, कुशल मल्ल १२ र गुलशनकुमार झा १० रनमा आउट भए।

वेस्ट इन्डिजका रमोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए। जेडाया ब्लेड्सको दुई तथा अकिल हुसैन र जेसन होल्डरको नाममा समान एक विकेट रह्यो।