काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको छ । आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले बताए। एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने गरी तय गरिएको छ ।

कार्यालय सचिव अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ। यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो।

यसैबीच पार्टी महासचिव शङ्कर पोखरेलले आज सन्देश जारी गरी वर्षाका कारण बाढीपहिरो र डुबानमा राज्यका निकायसँग सहकार्य गरी उद्धारमा खट्न नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।

“भारी वर्षाका कारण बाढीपहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ । साथै, आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई विशेष अनुरोध छ”, उनले भनेका छन्।