१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। देशभर अविरल वर्षा, बाढी-पहिरोका कारण यातायात अवरुद्ध भएपछि नेपाल वायुसेवा निगमले एयरबस-३२० बाट काठमाडौं-भैरहवा र भैरहवा-काठमाडौं उडान गर्ने भएको छ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार सोमबार एयरबस ३२० बाट दुई वटा उडान तय गरिएको छ।

“पहिरोले बाटो अवरुद्ध भएकोले गन्तव्यमा पुग्न नपाएका यात्रुलाई एयरबसबाट भैरहवा पुर्‍याउने र त्यहाँबाट काठमाडौं ल्याउने तालिका बनाइएको छ,” डाँगीले भने।

उनका अनुसार सोमबार दिउँसो १ बजे एयरबस काठमाडौंबाट भैरहवा उड्ने छ। दिउँसो २:४५ मा उक्त एयरबस भैरहवाबाट यात्रु बोकेर काठमाडौं उड्ने छ।

निगमले काठमाडौं भैरहवाको भाडा ५ हजार र भैरहवा काठमाडौंको भाडा ७ हजार तोकेको छ। लगेज ३० किलोसम्म बोक्न पाइने निगमले जनाएको छ।