काठमाडौं। आपराधिक पृष्ठभूमिका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन्। उनलाई टोखाबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
एक व्यक्तिलाई धाकधम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको भट्टराईले बताए।
“यसअघि पनि धाकधम्की दिएको आरोपमा पक्राउ परिरहने व्यक्ति रहेछन्,” भट्टराईले भने। यसअघि प्रहरीले १५ साउनमा पक्राउ परेका थिए। ६ माघ २०८० मा समेत उनी ठमेलबाट पक्राउ परेका थिए।
नुवाकोटका गुरुङ प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहमा आवद्ध रहेर आपराधिक गतिविधि गर्थे। घैंटे मारिएपछि बुलेटप्रुफ लुगा लगाएर उनी चर्चामा आएका थिए।