काठमाडौं। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशिला कार्कीका आधिकारिक सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गरेको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीका नाममा सञ्चालन हुने खाताहरूको विवरण सार्वजनिक गरिएको हो।
विज्ञप्तिअनुसार, अबदेखि प्रधानमन्त्री कार्कीका तर्फबाट सामाजिक सञ्जालमा प्रवाहित हुने आधिकारिक जानकारीहरू निम्न खातामार्फत उपलब्ध हुनेछन्। प्रधानमन्त्रीको आधिकारिक एक्स (X) मा @pmsushilakarki, फेसबुकमा PM Sushila Karki ([email protected]), इन्स्टाग्राममा pm.sushila.karki ([email protected]) रहेको जनाइएको छ।
नागरिकमा भ्रम नफैलियोस् र आधिकारिक जानकारी सजिलै उपलब्ध होस् भन्ने उद्देश्यका साथ यी खाताहरू सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।
