काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ आश्विन २०८२
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– २ सुकुमबासी टोलमा पसेको बाढी। तस्बिर : अरुणकुमार यादव/रासस
अ+
अ-

काठमाडौँ। गत असोज १८ र १९ गतेको मनसुनजन्य विपद्‌बाट हालसम्म कोशी प्रदेशमा ४६ जनाको मृत्यु भएको छ। इलाममा मात्र मनसुनजन्य विपद्‌बाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ।

यस्तै पाँचथरमा र उदयपुरमा दुई तथा मोरङ, सुनसरी, खोटाङ र भोजपुरमा एक-एकजनाको मृत्यु भएको छ। यसैगरी हालसम्म बेपत्ता हुनेको संख्या तीन पुगेको छ।

कोशी प्रदेशका विभिन्न आठ स्थानमा सडक अवरुद्ध रहेको छ। इलाममा मेची राजमार्गमा एक स्थानमा सडक अवरुद्ध छ भने भोजपुरमा तीन स्थानमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। यस्तै, संखुवासभाका दुई स्थानमा कोशी राजमार्ग अवरुद्ध छ। धनकुटामा तमोर करिडोर एक स्थानमा अवरुद्ध हुँदा खोटाङमा पनि दिक्तेल-गाईघाट सडक एक स्थानमा अवरुद्ध छ।

मंगलबार बिहान १० बजेसम्म कोशी नदीको बहाव एक लाख ५७ हजार ६ सय ७५ क्युसेक रहेकामा २१ वटा ढोका खोलिएको छ।

मनसुनजन्य विपद्‌बाट कोशीमा ६ हजार चार सय ४८ घरपरिवार विस्थापित भएका छन् भने २९ हजार तीन सय ९२ जना प्रभावित भएका छन्।