काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
तीन अर्थशास्त्रीहरूले ‘नवप्रवर्तन-सञ्चालित आर्थिक विकासको व्याख्याका लागि’ नोबेल पुरस्कार प्राप्त गरे।
अ+
अ-

काठमाडौं। अर्थशास्त्रमा २०२५ को नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार पाउने अर्थशास्त्रीमा जोएल मोकिर, फिलिप अघियन र पिटर होविट रहेका छन्।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले यी तीन अर्थशास्त्रीहरूलाई आर्थिक वृद्धिको ‘नयाँ व्याख्या’का लागि प्रदान गरिएको बताएको छ।

संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिरलाई ‘प्राविधिक प्रगतिमार्फत दिगो विकासका लागि आवश्यक अवस्थाहरू पहिचान गर्ने’ का लागि पुरस्कार प्रदान गरिएको छ।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका फिलिप अघियन र संयुक्त राज्य अमेरिकाको ब्राउन युनिभर्सिटीका पिटर होविट दुवैलाई ‘सिर्जनशील विनाशमार्फत विकासको सिद्धान्त’ का लागि पुरस्कार प्रदान गरिएको छ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले भनेको छ- ‘तीन अर्थशास्त्रीहरूले नयाँ प्रविधिले विकासलाई कसरी गति दिन सक्छ भनेर प्रदर्शन गरे।’

तीन अर्थशास्त्रीहरूले ‘नवप्रवर्तन-सञ्चालित आर्थिक विकासको व्याख्याका लागि’ नोबेल पुरस्कार प्राप्त गरे।