काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ आश्विन २०८२
२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा शेरबहादुर देउवा। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी महाधिवेशनबाट नयाँ सभापति चयन हुने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले आगामी १५औँ महाधिवेशनबाट आफूबाहेक अरू कोही सभापति बन्ने कुरामा द्विविधा नभएको प्रस्ट पारेका हुन्।

उनले सम्बोधनमा भनेका छन्, ‘घरमा सधैँ एकजना मूली रहँदैन। पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन। … मैले पहिले नै हाम्रो वैधानिक व्यवस्था र राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ त्यसमा द्विविधा छैन।’

यस्तै देउवाले जेन-जी आन्दोलनमा भएका घटनाको छानबिन गर्न पनि माग गरेका छन्। जेन-जी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलोपटक सार्वजनिक भएका हुन्।

देउवाको सम्बोधनको पूर्णपाठ :