काठमाडौं। तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपालको एएफसी महिला यु–१७ एसियन कपमा पुग्ने सम्भावना कमजोर भएको छ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा बुधबार सम्पन्न समूह ‘एफ’ को पहिलो खेलमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको हो। समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्यान्डलाई चुनौती प्रस्तुत गर्नेछ।
घरेलु टोली थाइल्यान्डको भने एक खेलबाट तीन अंक बटुल्दै शीर्ष स्थानमा छ। थाइल्यान्डले पहिलो खेलमा तुर्केमेनिस्तानलाई १७–० ले पराजित गरिसकेको छ।
एक खेल खेल्न बाँकी रहेको नेपालको र प्रतियोगिताबाट बाहिरिसकेको तुर्केमेनिस्तानको समान एक अंक छ।
त्यसैले अन्तिम खेलमा नेपालसँग बराबरी भए वा १७ गोलभन्दा कमले पराजित भए पनि थाइल्यान्ड एसियन कपमा पुग्नेछ।