काठमाडौँ। नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठकमा ५० केन्द्रीय सदस्यले धारणा राखेका छन्।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा आज (बुधबार) देखि सुरु बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जनाए।
उनका अनुसार केन्द्रीय सदस्यहरुले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका छन्। राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिन केन्द्रीय सदस्यलाई ३ मिनेटको समय तोकिएको छ। प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिएको जनाए।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ। बैठक भोलि (बिहीबार) बिहान ८ बजे पुनः बस्नेछ।
यो पनि…
जेन-जी आन्दोलनबारे ओलीकै प्रश्न- ठुलो संख्यामा युवा तथा विद्यार्थीको हत्या कसरी भयो?
युवा विद्यार्थी मारिएपछि मात्रै गोली चलेको थाहा पाएँ : ओली
प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलन गर्न ओलीको प्रस्ताव
एमालेको ११औँ महाधिवेशन मंसिर २७ बाट पोखरामा गर्न प्रस्ताव