काठमाडौं। ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु भएको छ। असोज तेस्रो साता परेको अविरल वर्षाका कारण मैदानमा क्षति पुगेको थियो।
क्षति बारे बुझ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मैदानको स्थलगत निरीक्षण गरेका थिए। सोही क्रममा सदस्य-सचिव घिसिङले तत्काल मर्मत कार्य सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए।
‘पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरु गर्नु होला,’ सदस्य-सचिव घिसिङले भने, ‘त्यसपछि अन्य भागको काम थाल्नुस्।’
निरीक्षणका दौरान च्यासल युथ क्लबका अध्यक्ष रमेश व्याञ्जनकारले क्षतिको विवरणबारे सदस्य-सचिव घिसिङलाई जानकारी गराएका थिए।
