काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागे भनेका पूर्वऊर्जामन्त्री दीपक खड्का आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् ।
जेनजी आन्दोलनपछि देश छाडेर विदेश भागेको खबर बाहिर आएपछि सोमबार आफ्नै बुढानीलकण्ठस्थित निवासमा उनी सार्वजनिक भएका हुन्। आफ्नो जलेको घरबाटै उनको भिडियो पनि बाहिरिएको छ ।
गृहमन्त्री अर्यालले एक अन्तर्वार्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएपछि पूर्वऊर्जामन्त्री खड्का भागिसकेको र अन्य पनि भाग्न खोजेको दाबी गरेका थिए। तर, गृहमन्त्रीको उक्त भनाइको एक दिनपछि नै खड्का आफ्नो जलेको घरबाट पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका छन्।