देवकोटा जयन्ती
यस्ता छन् महाकविले प्रयोग गरेका सामान
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म २७ कात्तिक १९६६ मा काठमाडौँको डिल्लीबजारस्थित घरमा भएको थियो। तर, उनको बाल्यकालदेखि जीवनको उत्तरार्धसम्म मैतीदेवीस्थित घरमा बित्यो।
२९ भदौ २०१६ मा उनको निधन भयो। विसं २००४ मा निर्माण गरिएको भनिएको सोही घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय छ।
२०७२ सालको भूकम्पले देवकोटाको त्यो ऐतिहासिक घर तहसनहस भएको थियो। त्यसलाई पछि भत्काएर पुरानै शैलीमा निर्माण गरियो। परिवारको सहमतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले २०७९ सालमा त्यसलाई संग्रहालयमा रूपान्तरण गरेको हो।
करिब सात करोड ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको तीनतले देवकोटा संग्रहालयमा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका कपडा, सामान, प्रकाशित कृति तथा अप्रकाशित पाण्डुलिपिहरू संगृहीत छन्।
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा भिडियोमा हेरौँ, देवकोटा संग्रहालयको दृश्य :